टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु ,जलाइयो टिपर
बनेपा। अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते छन् ।
घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् ।
प्रदर्शन अहिले पनि जारी छ ।


