झापाको दमकबाट क्याम्पा बजार जाँदै गरेको ट्याक्टर पल्टिँदा १२ जना घाइते, दुईको अवस्था गम्भीर
झापा । झापाको दमकबाट घर ढलाईका लागि क्याम्पा बजारतर्फ जाँदै गरेको ढलाई टोली सवार ट्याक्टर कमल गाउँपालिका–४ मा दुर्घटनाग्रस्त भएको छ।
आज भएको उक्त दुर्घटनामा ट्याक्टर पल्टिँदा सवार १२ जना घाइते भएका छन्।
घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते दुबै जनालाई थप उपचारका लागि दमक बाहिर रेफर गरी उपचारमा लगिएको छ।
अन्य घाइतेहरूको उपचार दमक नगर अस्पताल र दमक अस्पतालमा भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


