मोरंगको उर्लाबारीका १२ वर्षीय बालिका सम्पर्कविहीन

मोरंग । मोरंगको उर्लाबारी ३ मंगलबारे रामनगर टोल निवासी सुरज बुढाथोकीकी १२ वर्षीया छोरी सम्पर्कविहीन भएकी छिन् ।

मंगलबार दिउसो करिव १ बजे चन्दनेस्थित साथीको घरमा जन्मोत्सव मनाउन भनि घरबाट हिडेकी जमुना बुढाथोकी सम्पर्कविहिन भएको परिवारले जनाएको छ ।

किशोरीका बुबा सुरजका अनुसार जमुना दिउसो उनकी साथी सुस्मिता तामाङसँग साँझसम्म फर्किने भन्दै चन्दनेस्थित घरमा गएकी थिईन् । तर साँझसम्म छोरी घरमा नआएपछि बुढाथोकी परिवार चिन्तित बनेको छ । परिवारले हिजोदेखि नै जमुनाको खोजी गरेतापनि हालसम्म समेत उनी सम्पर्कमा आउन सकेकी छैनन् ।

उता तामाङको घरमा भने हाल सुनसान देखिएको सुरजले बताएका छन्। उनका अनुसार अहिले दुवै किशोरीहरू सम्पर्कविहीन बनेका छन्। तस्विरमा देखिएकी जमुनालाई काहिकतै कसैले देख्नुभएमा नजिकैको प्रहरी कार्यालयमा खबर गरि सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।