भोजपुरमा नेपाली सेना बोकेको बस दुर्घटना
भोजपुर । भोजपुर नगरपालिका-३ मा प्रतिनिधि सभा निर्वाचनको सुरक्षा गस्तीका लागि खटिएको नेपाली सेना सवार बस दुर्घटनामा परेको छ ।
सदरमुकामस्थित नयाँ श्रीनाथ गणबाट गस्तीका लागि हिँडेको २४ जना सेना सवार बस सेती बगरनजिक सडकबाट करिब ५ सय मिटर तल खसेको हो ।
ना ४ ख ७३१७ नम्बरको उक्त बस दुर्घटना हुँदा त्यसमा सवार सैनिकहरू घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीका अनुसार टेम्केमैयुङ गाउँपालिका जानेक्रममा बस दुर्घटना भएको हो ।
‘टेम्केमैयुङ गाउँपालिका जाने क्रममा बस दुर्घटनामा परेको हो । घाइते आठ जनाको अवस्था गम्भीर छ । उहाँहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।


