अपडेट : भोजपुरमा नेपाली सेना बोकेको बस दुर्घटना,२२ जना घाइते
भोजपुर । भोजपुरमा निर्वाचनका लागि खटिएका नेपाली सेना बोकेको बस दुर्घटना भएको छ ।
भोजपुर नगरपालिका ३ स्थित दावा सेतीबगर नजिकै ना ४ ख ७३१७ नम्बरको गाडीमा निर्वाचनका लागि खटिएका २४ जना नेपाली सेनाका जवान,चालक-सहचालक २ जना गरि २६ जना बसमा सवार थिए ।
दुर्घटनामा नेपाली सेनाका जवान २२ जना घाईते भएका छन भने केहीको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरूलाई उद्धार गरी गम्भिर घाइते ८ जनालाई हेलिकप्टर मार्फत काठमाडौ पठाइएको छ ।
थप घाइतेको भोजपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।।


