धनकुटामा दिनेश राईको ‘बहु–नगर’ निर्माणदेखि कोशी राजमार्ग पुनरावलोकन सम्मका प्रतिबद्धता

धनकुटा,७ फागुन । नेपाली काङ्ग्रेस धनकुटाबाट प्रतिनिधि सभा उम्मेदवार दिनेश राईले आसन्न फागुन २१ गतेको निर्वाचनका लागि जिल्ला केन्द्रित आफ्नो चुनाबी घोषणा-पत्र सार्बजनिक गर्नुभएको छ ।

आज पत्रकार सम्मेलन गर्दै राईले विभिन्न पूर्वाधार, पर्यटन, कृषि र सामाजिक मुद्दालाई समेट्दै चुनावी सङ्कल्प सार्वजनिक गर्नुभएको छ। उम्मेदवार राईले धनकुटा–हिले–पाख्रीबास–उत्तारपानी–सिधुवा समेटेर ‘बहु नगर’ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

पर्यटन प्रवर्द्धनका लागि हिमालघर निर्माण, कोशी राजमार्गको २५ मिटर मापदण्ड पुनरावलोकन, प्रत्येक पालिकामा एक रंगशाला निर्माण गर्ने योजना उहाँले अघि सार्नुभएको छ।

त्यसैगरी बाँदर तथा जंगली जनावर नियन्त्रण, गाँजा खेती वैधानिकीकरण पहल, कोखदेखि शोकसम्म सेवा सुनिश्चित गर्ने कार्यक्रमसमेत घोषणापत्रमा समेटिएको छ। आठपहरिया जाति सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता पनि उल्लेख गरिएको छ।

‘धनकुटाको जवानी: धनकुटामै लगानी’ नारासहित व्यवसायिक शहर र उर्वर गाउँ विकास गर्ने योजना राईले प्रस्तुत गर्नुभएको छ। धरान–लेउती सुरुङ मार्ग निर्माण र राजारानी खेल मैदानलाई किरण चेम्जोङ अन्तर्राष्ट्रिय रंगशालाको रूपमा विकास गर्ने लक्ष्यसमेत घोषणापत्रमा समावेश छ।

उम्मेदवार राईले क्षेत्रीय सन्तुलित विकास, रोजगारी सृजना र कृषि–पर्यटनमा आधारित अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ।

कार्यक्रममा संबिधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ,कोशी प्रदेशका पुर्ब आर्थिक मामिला तथा योजना मन्त्री ईन्दिरा थापा लगायत काङ्ग्रेस नेताहरुको उपस्थिती रहेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।