‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न ‘एमालेले बनाउँछ’ भन्ने मूल नारासहित एमालेको घोषणापत्र सार्वजनिक

काठमाडौँ । नेकपा एमालेको घोषणापत्र सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न ‘एमालेले बनाउँछ’ भन्ने मूल नारासहित आफ्नो संकल्प सार्वजनिक गरेको छ ।

घोषणापत्रमा एमालेले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको रक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । मुलुकलाई अस्थिरताको चक्रबाट बाहिर निकाली विकास र समृद्धिको यात्रामा अघि बढाउन एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै अध्यक्ष ओलीले २०७२ सालको संविधान जारी भएपछिको विकासको नेतृत्व एमालेले नै गरेको दाबी गरेका छन् । घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब र १० वर्षमा २०० खर्ब पुर्‍याउने तथा नेपालीको प्रतिव्यक्ति आय ५ वर्षमा ३ हजार अमेरिकी डलर पुर्‍याउने महत्त्वाकाङ्क्षी आर्थिक लक्ष्य राखिएको छ ।

जनतालाई प्रत्यक्ष राहत दिने उद्देश्यले एमालेले सरकार गठन लगत्तै सुरु गर्ने ११ वटा ग्यारेन्टीसहितका कामहरू घोषणापत्रमा समेटेको छ । जसअनुसार १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई वार्षिक रूपमा १० जीबी डाटा निःशुल्क उपलब्ध गराउने, सूचना प्रविधि र स्टार्टअपमा लाग्ने युवालाई १० हजार डलर बराबरको ‘डलर कार्ड’ र विद्यार्थीलाई २० लाखसम्मको निर्ब्याजी ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ । त्यस्तै, स्वदेशमै रोजगारी सिर्जना गर्न न्यूनतम पारिश्रमिक मासिक २५ हजार पुर्‍याउने र वैदेशिक रोजगारीमा रहेका श्रमिकको खातामा वार्षिक ५ हजार थप बोनस दिने जस्ता लोकप्रिय कार्यक्रमहरू समावेश छन् ।

महिला तथा सामाजिक सुरक्षाको क्षेत्रमा पनि एमालेले विशेष जोड दिएको छ । सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड र कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता २० हजार पुर्‍याउने, सुत्केरी पोषण भत्ता र महिला उद्यमीलाई २० लाखसम्मको निर्ब्याजी ऋण उपलब्ध गराउने योजना अघि सारिएको छ । विपन्न परिवारले लिएको २५ हजारसम्मको ऋण मिनाहा गर्ने र सुरक्षाकर्मीहरूको सम्मान तथा कल्याणकारी योजना ल्याउने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको छ ।

पूर्वाधार विकासतर्फ एमालेले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, आधुनिक सुरुङ मार्गहरू र ठुला सहरहरूमा मेट्रो तथा मोनोरेल सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । ‘डिजिटल नेपाल’ को अवधारणालाई मूर्तरूप दिँदै सुशासन कायम गर्न भ्रष्टाचारीलाई कडा कारबाही गर्ने र सरकारी सेवा प्रवाहलाई चुस्त बनाउन ‘नागरिक एप’ लाई सुपर एपका रूपमा विकास गर्ने एमालेको योजना छ । आगामी दुई वर्षभित्र सबैको घरमा स्वच्छ खानेपानी र पाँच वर्षभित्र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने दाबी एमालेले गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा असंलग्न परराष्ट्र नीतिमा अडिग रहँदै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा एमालेले जोड दिएको छ । विदेशमा रहेका नेपालीहरूलाई ‘सद्भाव दूत’ का रूपमा लिँदै उनीहरूको सीप र पुँजीलाई राष्ट्र निर्माणमा लगाउने र एनआरएनलाई ‘खास प्राकृतिक लगानीकर्ता’ को मान्यता दिने घोषणापत्रमा उल्लेख छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।