शिक्षा,स्वास्थ्य,रोजगारीमा पहुँच बढाउने टीकाराम लिम्बूको वाचा

धरान । ९८ वर्षिया तुलसादेवी सापकोटाबाट एमाले उम्मेदवार टीकाराम लिम्बू र समानुपातिक उमेदवार मौसम राईलाई टीका खदा र आशिष् ग्रहण गर्दै नेकपा (एमाले) ले धरान ८ का जनतासंघ भेटघाट सुरु गरेको छ ।

२०६४ को निर्वाचन बाहेक एमालेको २०४८ सालदेखि चुनाव जित्दैं आएको सुनसरी १ मा टीकाराम लिम्बूको पक्षमा जनलहर चलेको मतदाता बताउछन् । जेनजी आन्दोलन पछि एमालेले युवाको भावना बुझेर ४१ बर्षीय कानुनका ज्ञाता टीकारामलाई चुनावी मैदानमा पठाएको छ ।

फागुन ४ गतेदेखि सुरु भएको घरदैलो कार्यक्रममा युवा उम्मेदवार टीकाराम लिम्बूलाई उत्साहका साथ मतदाताहरुले स्वागत गरिरहेको निर्वाचन परिचालन कमिटीका संयोजक मञ्जु भण्डारीले बताउनु भयो ।

विहीबार वडा निर्वाचन परिचालन कार्यालय धरान ८ बाट २०४९ सालमा निर्वाचित धरान ८ नम्बर वडा अध्यक्ष रुद्रबहादुर लिम्बू, हालका वडा अध्यक्ष धनबहादुर राईलगायतले समेत उमेदवारहरुलाई माल्यार्पण गरेर सुरु टोलटोलको भेटघाटमा वडाका पार्टीका सदस्य तथा शुभेच्छुकहरुले उल्लेख्य सहभागीता जनाएका छन् । मतदाताहरु स्वय टीकाराम लिम्बूको घरदैलो कार्यक्रममा सहभागिता जनाएको पार्टीले जनाएको छ ।

मतदाताहरुको जिज्ञासामा उम्मेदवार लिम्बूले शिक्षा, स्वास्थ्य, रोजागरीका लागि सहजता बनाएर जनताको मौलिक अधिकारको सुनिश्चिता गराउने प्रतिवद्धता जनाउनु भएको छ । धरान ८ मा भए सुकुम्वासी समस्या, खहरे खोलाको बाढी नियन्त्रण, जीर्ण सभागृहको स्तरोन्नतीका लागि पहिलो प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्राथमिकता हुने उहाँले बताउनु भएको छ ।

प्रतिनिधि सभा सदस्यको काम कानुन निर्माण गर्ने भएता पनि जनताका अप्ठ्यारा, समस्यामा आफुसँगसँगै रहेर आगडी बढ्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।