रास्वपाले सार्बजनिक गर्यो चुनावी ‘वाचापत्र’
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी ‘वाचापत्र’ सार्वजनिक गरेको छ।
बिहीबार कर्णालीको राजधानी सुर्खेतमा आयोजित विशाल चुनावी सभाका बीच पार्टीले आफ्ना योजनाहरू सार्वजनिक गरेको हो।
सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले लगायतका शीर्ष नेताहरूले संयुक्त रूपमा वाचापत्रको अनावरण गरेको छ।


