नक्कली ठानेर पेस्तोल चलाउँदा १५ वर्षीय बालक घा’इते
सर्लाही । सर्लाहीको मलंगवामा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घा’इते भएका छन्।मलंगवा नगरपालिका–४ ढाँका बोर्डर टोलका १५ वर्षीय आकाश राम घा’इ’ते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाशले खोलेर हेरेका थिए। नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अ’चानक पड्किएको प्रहरीले जनाएको छ।
गो’ली उनको दाहिने हातको पन्जामा लागेको छ। घा’इ’ते बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।घ’ट’नास्थलबाट प्रहरीले एक थान पे’स्तोल बरामद गरेको छ। पे’स्तोलमा प’ड्कि’एको खोका अड्किएको अवस्थामा भेटिएको र घ’ट’नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


