झापामा किराना पसलको सटर फोडेर चोरी गर्ने दुई जना पक्राउ
झापा । झापाको कचनकवल गाउँपालिका–७ बालुबाडीस्थित बुधकरण राजवंशीको किराना पसलमा सटर फोडेर चोरी गर्ने दुई जना पक्राउ परेका छन्।
गत माघ १४ गते भएको चोरी घटनाको अनुसन्धानका क्रममा प्रहरीले भद्रपुर–१ दशरथपुरका २२ वर्षीय भगिराज विश्वकर्मा र १८ वर्षीया निर्मल गुरुङलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो।
उनीहरूले पसलको ताल्चा फोडेर नगद १० हजार रुपैयाँ, एनसेलको रिचार्ज कार्ड ३ हजार रुपैयाँ र करिब ५ हजार रुपैयाँ बराबरका किराना सामान चोरी गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय बनियानीमा राखी थप अनुसन्धान भइरहेको छ।


