इलाममा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
इलाम । बलात्कारको आरोपमा इलामबाट एकजना पक्राउ परेका छन् ।
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माङसेबुङ गाउँपालिका–३ स्थायी घर भएका २० वर्षीय सिलाश लिम्बू पक्राउ परेका हुन् ।
बालिकाले उजुरी दिएपछि बुधबार राति प्रहरी चौकी बाँझोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


