दाङमा एमालेको झण्डा जलाउने रास्वपालाई सार्वजनिक रुपमा माफी माग्न युवा संघको माग, नत्र देशव्यापी रुपमा प्रतिवादमा उत्रिने चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, ८ फागुन । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघले एमालेको राष्ट्रिय झण्डामाथि प्रहार गर्ने गतिविधिको निन्दा गरेको छ । यस्ता गतिविधि असह्य भन्दै युवा संघले त्यसको डटेर प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

आज (शुक्रबार) युवा संघका अध्यक्ष माहाराजा गुरूङले आज एक विज्ञप्ति जारी गर्दै हिजो दाङमा घटनाईएको उच्छृंखल गतिविधिप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘सम्बन्धित पक्ष रास्वपालाई यथाशीघ्र सार्वजनिक रुपमा माफी माग्न, यस्ता गतिविधि तत्काल रोक्न र आफ्ना कार्यकर्तालाई अनुशासनमा राख्न स्पष्ट आग्रह गर्दछौं । अन्यथा, यस्ता गतिविधि दोहोरिए वा नियोजित रुपमा जारी राखिए भने राष्ट्रिय युवा संघ नेपाल देशव्यापी रुपमा सशक्त प्रतिवादमा उत्रिन बाध्य हुनेछ ।

संघ यस विज्ञप्तिमार्फत देशभरका मातहत कमिटीहरुलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन गर्दछ । राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनताको बलिदानी संघर्षबाट प्राप्त उपलब्धिमाथि आँच आउने कुनै पनि प्रयासलाई कडा दिईनेछ ।’

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।