सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ । इजिप्टमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२६’मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने भएकी छन् । ग्रीन आर्ट मिडियाले सिजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’को ताज पहिर्याउँदै उक्त प्रतियोगीताका लागि आधिकारिक प्रतिनिधि चयन गरेको हो ।

बिहिबार अबेर साँझ द हाइट रेस्ट्रो एण्ड वेलनेस, महाराजगञ्जमा आयोजित एक विशेष कार्यक्रमका बीच सेजललाई गत बर्षकी (मिस इको इन्टरनेशनल नेपाल २०२५) विजेता संस्कृति भट्टले ‘मिस इको इन्टरनेशनल २०२६’ ताज पहिर्याएकी थिइन् ।

ताज लगाएपछि सेजलले यसलाई आफ्नो जीवनको एक महत्वपूर्ण अवसर भएको बताइन् । आफूलाई यो अवसर प्रदान गरेकोमा ग्रीन आर्ट मिडियाप्रति आभार व्यक्त गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक संस्कृति र पर्यटकीय स्थलहरूको विश्वमाझ प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाइन् ।

आगामी अप्रिलमा आयोजना हुने प्रतियोगीतामा ७५ भन्दा बढी देशका ‘इको सुन्दरी’हरूको सहभागिता रहनेछ, जहाँ सेजल नेपालको तर्फबाट एक्लो प्रतिनिधिको रूपमा उभिनेछिन् । प्रतियोगीताका लागि सेजललाई ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठलगायत नेपालका प्रतिष्ठित व्यक्तिहरूबाट विशेष ग्रुमिङ (प्रशिक्षण) दिइनेछ । श्रेष्ठ २०१५ देखि नै प्रतियोगीताका लागि नेपालको लागि आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा छानिएकी हुन् ।

वातावरण र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ ‘ब्युटी फर इको’ नारासहित एल.टी.सि.पि.अर्गनाइजेशनले सन् २०१५ बाट इजिप्टमा यो प्रतियोगिता सुरु गरेको हो । विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्नु यसको मुख्य लक्ष्य रहेको ग्रीन आर्टस मिडियाका सिइयो प्रविन लाकौलले जानकारी दिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।