देश जलाउने र जोगाउनेलाई चिन्नुपर्छः राजेन्द्र राई

धनकुटा । नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार राजेन्द्र राईले देश जलाउने र देश जोगाउने शक्ति चिनेर भोट हाल्न मतदाताहरूलाई आग्रह गर्नुभएको छ ।

धनकुटाको भीरगाउँमा आज चुनावी कार्यक्रमलाई संवोधन गर्दै नेता राईले यस्तो बताउनुभएको हो । एमालेले देशको विकास र जनताको मुहारमा खुशी ल्याउन धेरै काम गरेको उदाहरण दिँदै उहाँले एमालेलाई देश जोगाउने र विकासलाई गति दिने शक्तिको रुपमा चित्रण गर्नुभयो ।

भदौं २४ मा देशभर विध्वंश मच्चाइँदा ठूलो जनधनको क्षति भएको स्मरण गर्दै उहाँले देश जलाउने यस्ता शक्तिलाई जनताले चिन्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवं समानुपातिक उम्मेद्वार तारा तितुङ, एमाले धनकुटाका उपाध्यक्ष चिन्तन तामाङ, एमाले नेता चन्द्रलाल तामाङ र टिकाराम मगरले मुलुकलाई सही मार्गमा अघि बढाउन सूर्य चिन्हमा मतदानका लागि सबैलाई आग्रह गर्नुभएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।