संखुवासभामा दुई महिला बिच भएको घरायसी विवादमा खुकुरी प्रहार हुँदा एकजना घाइते
संखुवासभा । संखुवासभाको मकालुमा दुई महिलाबिच भएकाे घरायसी विवादमा खुकुरी प्रहार हुँदा एकजना घाइते भएकी छिन् ।
जिल्लाकाे मकालु गाउँपालिका- ५ बस्ने वर्ष ३६ की छेकी शेर्पा र साेही ठाउँका अर्की महिला वर्ष ३२ की सन्ध्या शेर्पाबिच सामान्य घरायसी विषयमा विवाद हुँदा छेकीले कम्मरमा बाेकेकाे खुकुरी झिकी प्रहार गरी सन्ध्यालाई घाइते बनाएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ ।


