भोजपुरको घोडेटार बजारमा पल्टियो पिकअप गाडी
भोजपुर । भोजपुरको घोडेटार बजारमा पिकअप पल्टिएको छ ।
शुक्रबार (हिजो) चुवारबाट सब्जी बोकेर घोडेटार आएको र बजारमा सामान अनलोड नभए पछि गाडी लिएर घर जाने क्रममा राती करिब ११:३० बजे बजार नजिकै IME अगाडी प्र.१-०१-००१च९९८० नम्बरको पिकअप गाडी पल्टिएको हो ।
दुर्घटनामा कुनै मानवीय क्षती नभएको र गाडी चालक टेकबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यलय घोडेटारबाट खटिएको टोलिले तत्कालै उद्दार गरि नियन्त्रणमा लिएको हो । चालकले मापसे गरेको खुलेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान जारी रहेको छ ।-स्रोत :अर्जुन राई

