मोरङ ६ मा रास्वपाद्वारा निर्वाचन आचारसंहिता उल्लंघन, राष्ट्रिय झन्डाको अपमान

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरिरहेको पाइएको छ । साथै, रास्वपाले राष्ट्रिय झन्डाको समेत अपमान गरिरहेको छ ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रास्वपाले आचारसंहिता उल्लंघन र झन्डाको अपमान गरिरहेको गम्भीर विषय बाहिर आएको हो । आचारसंहिता उल्लंघन र झन्डाको अपमान गरिएको विषयमा रास्वपा एवं उक्त पार्टीका उम्मेदवारविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमक्ष उजुरीसमेत परेको छ ।

रास्वपा कार्यकर्ताहरूले राजनीतिक प्रचार सामग्रीमा राष्ट्रिय झन्डाको अपमानजनक प्रयोग गरेको र आचारसंहिताविपरीतका गतिविधि गरिरहेको भनेर मोरङ–६ का स्वतन्त्र उम्मेदवार उत्तम दाहालले उजुरी दिएका हुन् ।

रास्वपाको विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित कार्यालयमा राखिएको राजनीतिक ब्यानरमा राष्ट्रिय झन्डाको सानो चित्र मात्र समावेश गरिएको र वास्तविक झन्डालाई ब्यानरभन्दा तल राखेर अपमान गरिएको उजुरीमा उल्लेख छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।