ताप्लेजुङको पाथीभरा मन्दिर परिसरमा दर्शन गर्न गएका एक अज्ञात वृद्ध पुरुष बेपत्ता

ताप्लेजुङ । पाथीभरा मन्दिर परिसरमा दर्शन गर्न गएका एक अज्ञात वृद्ध पुरुष बेपत्ता भएका छन्। ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित मन्दिर क्षेत्रमा हिजो बेलुका करिब ६ बजे ती व्यक्ति शौचालयतर्फ गएपछि फर्किएनन्।

मन्दिरका पुजारीका अनुसार करिब ६० वर्षजति देखिने, दौरा–सुरुवाल र कोट लगाएका तथा कान नसुन्ने जस्तो व्यवहार देखिएका ती व्यक्तिले शौचालयको बाटो सोधेका थिए। पुजारीले दिशा देखाइदिएपछि उनी त्यतै गएका थिए तर लामो समयसम्म नफर्किएपछि खोजी सुरु गरिएको हो।

मन्दिरका कर्मचारी र सशस्त्र प्रहरी बलले परिसर तथा आसपास क्षेत्रमा खोजी कार्य जारी राखेका छन्। प्रहरीले जानकारी दिएअनुसार ती व्यक्तिको एउटा झोला माथिल्लो फेदीस्थित एक होटलमा फेला परेको छ, तर झोला भित्र परिचय खुल्ने कुनै कागजात भेटिएको छैन। होटलमा बस्दा पनि उनले आफ्नो विवरण नलेखाएको बताइएको छ।

प्रहरीले बेपत्ता व्यक्तिको पहिचान तथा अवस्थाबारे सूचना भए नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।-स्रोत:आमसंचार

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।