मोरङको पथरीमा नेशनल भोलेन्टियर फोर्स गठन
उर्लाबारी । निर्वाचनको संघारमा मोरङको पथरीशनिश्चरेमा बिमल राईको कमाण्डमा नेशनल भोलेन्टियर फोर्स गठन भएको छ ।
नव गठित नगरस्तरीय फोर्सको कमाण्डरमा बिमल राई, सहकमाण्डरहरू शेरबहादुर लिम्बु, अनिष नेपाली, छत्र लिम्बु, रोहित वान्तवा, आश्री बास्तोलासहित १ सय ५१ सदस्यीय समिति चयन भएको छ ।
एमाले नगर अध्यक्ष सञ्जीव गिरीको अध्यक्षता र नेशनल भोलेन्टियर फोर्स केन्द्रीय उपकमाण्डर अमित पौडेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
जेन्जी आन्दोलनपछि नवयुवाहरुलाई लक्षित गर्दै एमालेले जनसंगठनकै रुपमा भोलेन्टियर फोर्स गठन कार्य अघि बढाएको देखिएको छ ।
यसलाई चुनावी रणनीतिका रुपमा समेत लिइएको छ । यो उक्त पार्टीको २४ औं जनसंगठन रहेको उल्लेख गरिएको छ ।


