महानगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा पोखरिया माविकी सायुन्षा प्रथम

विराटनगर । विराटनगर–३ स्थित पोखरिया माविले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा सायुन्षा पोखरेल प्रथम भएकी छन् ।

विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा भएको कार्यक्रममा पोखरिया माविकी छात्रा सायुन्षा प्रथम भएकी हुन् । उनले नगद ८ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।
‘सभ्य र मर्यादित समाज निर्माण र विकासमा युवाको भूमिका’ विषयमा आयोजित प्रतियोगितामा आदर्श माविकी छात्रा रञ्जना कोइराला द्वितीय भइन् । उनलाई नगद ६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

ब्रेकिङ नेपाल न्यूजका प्रधानसम्पादकसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदित र मकालु टेलिभिजनका प्रधानसम्पादक अभयकुमार राई सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।
त्यस्तै प्रतियोगितामा पोखरिया माविकै यशोबिना कार्की तृतीय हुँदा जनपथ माविका छात्र भाष्कर पुलामी सान्त्वना भए । प्रतियोगितामा बाल मावि रानीकी आकृति पण्डितलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । तृतीय हुने कार्कीले ४ हजार, सान्त्वना हुने पुलामीले २ हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुखसमेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, अधिकृत कृष्ण भट्टराई, आयोजक समितिका प्रधानाध्यापक खेमराज भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद सुवेदी, सदस्य पुण्यप्रसाद भण्डारी, निर्णायकद्वय मीनकुमार नवोदित र अभयकुमार राईले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गेलले यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए ।

आयोजक पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराईले महानगरसँगको समन्वयमा विद्यालयले वक्तृत्वकलासहित चित्रकला, हाजिरीजवाफलगायतका प्रतियोगिता आयोजना गरेको जानकारी गराए ।
विद्यार्थीभित्र रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ११ वटा सामुदायिक विद्यालयका २–२ जना विद्यार्थी सहभागी भएका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।