धनकुटामा हाईस बस दुर्घटना,७ जना घाइते(नामावली सहित)

धनकुटा । धनकुटामा हाईस बस दुर्घटना हुंदा ७ जना घाइते भएका छन् ।

धनकुटा नगरपालिका १ निगाले स्थित कोशी लोक मार्गमा काठमाण्डौबाट हिले तर्फ आउदै गरेको ग २ ख १९५७ नम्बरको हाईस आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी १० फिट तल खसि दुर्घट्ना भएको हो ।

घाइतेको नाम,ठेगाना र अवस्था –

१. जिल्ला धनकुटा धनकुटा नपा १बस्ने वर्ष ३६को रामचन्द्र तामाङको टाउकोमा चोट अवस्था माध्यम जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात थप उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतोष्ठान घोपा धरान रेफर भएको

२. जिल्ला धनकुटा पाख्रीबास नपा -६ बस्ने वर्ष ३९को डिक बहादुर मगरको आँखाको डिलमा चोट अवस्था सामान्य ।

३. जिल्ला धनकुटा धनकुटा नपा-१ बस्ने वर्ष १८को अभिषेक मगर टाउकोमा चोट अवस्था सामान्य

४. जिल्ला धनकुटा धनकुटा नपा-१ हिले बस्ने वर्ष ३५को युमेश बिकको बाँया खुट्टामा चोट अवस्था मध्यम

५. ऐ.ऐ. बस्ने युमेश बिकको छोरी वर्ष १३की निष्मा बिकको मुखमा सामान्य चोट ।

६. ऐ.ऐ. बस्ने युमेश बिकको श्रीमती वर्ष ३५की कल्पना बिक अनुहार र नाकमा सामान्य चोट

७. जिल्ला धनकुटा पाख्रीबास नपा २ बस्ने वर्ष ४० को झमक बहादुर आलेको अनुहारमा सामान्य चोट ।

घाईतेहरुको उपचारको लागि जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार भई रहेको र चालक जिल्ला हुम्ला घर भई हाल जिल्ला काठमण्डौ काठमण्डौ मनपा-९ एकान्त कुना बस्ने वर्ष ३९को बिजय कार्की प्रहरी चैकी हिलेको नियन्त्रणमा रहेको साथै गाडी घट्ना स्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।