झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार भण्डारीलाई प्रदान गर्ने निर्णय

विराटनगर । नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा स्थापित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार विनोद भण्डारीलाई प्रदान गरिने भएको छ ।

कोषद्वारा गठित पुरस्कार छनौट समितिको आइतबार विराटनगरमा बसेको बैठकले विगत साढे दुई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय पत्रकार भण्डारीलाई पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कारका संस्थापक शंकर लुइँटेलले जानकारी दिए ।

नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्रले पत्रकार भण्डारीलाई पुरस्कृत गरिनेछ । संस्थापक लुइँटेलसहित प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित र पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक छनौट समितिमा रहेका थिए ।

विगत पाँच वर्षदेखि कोषले पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित पुरस्कार समर्पण गर्दै आएको छ । यसअघि सो पुरस्कारबाट पत्रकार विक्रम निरौला, अभयकुमार राई, विनोद सुवेदी र सुशीला पाठक पुरस्कृत भइसकेका छन् ।

घोषित पुरस्कार यही फागुन १७ गते मोरङको झोराहाटमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने कोषका संस्थापक लुइँटेलले जानकारी दिए । कार्यक्रममा पत्रकारिता पुरस्कार समर्पणसहित शिक्षक सम्मान र छात्रवृत्तिसमेत प्रदान गरिनेछ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।