निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा
काठमाडौ ।।निर्वाचन आयोगले फागुन २१ को चुनावमा सबै मतदाताको सहभागिताका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
यदि सरकारले यो सिफारिस स्वीकृत गरेमा फागुन १८ र १९ को होली पर्व तथा २३ र २४ गतेको शनिबार र नारी दिवसका कारण लगातार सात दिन सार्वजनिक बिदा हुनेछ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान प्रक्रियालाई सहज बनाउन यो प्रस्ताव गरिएको हो, जसबारे अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।
यस्तो संयोग परेमा मतदाताहरूले आफ्नो गृहजिल्ला पुगेर भोट हाल्न पर्याप्त समय पाउनेछन्।


