पोखराबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु
काठमाडौ । पोखराबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
बस सडकबाट करिब ३०० मिटर तल खसेको र उक्त बसमा जम्मा ४६ जना यात्रु रहेको प्रारम्भिक अनुमान छ ।
बस निकै तल खसेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
खोजी तथा उद्धार कार्य जारी रहेको छ।


