बुटवलमा निर्वाचित वडाध्यक्ष सहित ५५ युवा एमालेमा समाहित
बुटवल । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ युवा एमालेमा समाहित भएका छन् ।
तत्कालीन नेकपा एसबाट बुटवल उपमहानगरपालिका वडा नं २ मा वडाध्यक्षमा जितेका सुनिल शाक्यसहितका ती युवालाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ मा एमालेका उम्मेदार विष्णु पौडेलले स्वागत गरेका छन् ।


