मोरङ र झापाबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर, फागुन ११ गते । मोरङ र झापाको २ स्थानहरुबाट प्रतिबन्धित औषधी र लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन १० गते मोरङको सुन्दरहरैचा नगरपालिका-५ स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानिय २८ वर्षिय मनोज खड्काको घर कोठाबाट खानतलाशीको क्रममा प्रतिबन्धित औषधी ट्रामाडोल १५ सय क्याप्सुल, स्पास्पेन १५ सय ट्याब्लेट र ३ सय ६२ ग्राम गाँजा बरामद गरे संगै खड्कालाई नियन्त्रणमा लिएको छ ।

झापाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-४ का शिब दनुवार र नितेश दनुवारलाई १ ग्राम १५० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध नियन्त्रणमा लिएका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।