सोलुखुम्बुमा पुग्यो एक लाख ८९ हजार मतपत्र
सोलुखुम्बु । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लामा मतपत्र आइपुगेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी कुल १ लाख ८९ हजार मतपत्र जिल्लामा आइपुगेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका अनुसार प्रत्यक्षतर्फ ९२ हजार र समानुपातिकतर्फ ९७ हजार मतपत्र आएको छ ।
मतपत्र सुरक्षित रूपमा राखिएको र आवश्यक तयारीका साथ सम्बन्धित स्थानीय तहमा ढुवानी गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ।
निर्वाचन सामग्री समयमै आइपुगेपछि जिल्लामा चुनावी तयारी थप सक्रिय बनेको छ। जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार सोलुखुम्बु जिल्लामा मतदाताको संख्या ८५ हजार ५ सय १५ रहेको छ ।


