धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

दुर्घटनामा परी घाइते भएका २५ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । हाल १४ जना घाइतेको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेजमा र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

ट्रमा सेन्टरमा १४ जनाको उपचार भइरहेको छ । यस्तै, ट्रमा सेन्टरमा उपचार भइरहेकामा चिनियाँ नागरिक २२ वर्षीया कि मिसि हाउ, काठमाडौं बौद्धका वर्ष ४८ की एन्जी शेर्पा, झापाका वर्ष ३० को विपिन मानन्धर, तनहुँका वर्ष ४५ को सोमप्रसाद मल्ल, काठमाडौं गोकर्णका वर्ष २८ की पुजा फुयाल, स्याङ्जा फेदिखोलाका २६ वर्षका सचिन्द्र सुनार र कास्की लेखनाथका प्रदीप लामिछाने छन् ।

यस्तै, ट्रमा सेन्टरमै काठमाडौंको बौद्ध बस्ने नोर्बु पाल्देन, स्वर्णीमा खत्री, कास्कीका १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र काठमाडौं बौद्धका ४८ वर्षीया लङ्साङ्गोली लामाको उपचार भइरहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गको सडकबाट ३ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।