अपडेट : इलामको कन्याममा भएको दुर्घटनामा मृत्यु भएकाको खुल्यो पहिचान

इलाम । मेची राजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका–७ पाल्टाङगेमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

झापाको बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको प्र१–०१–०१८ प १५२० नम्बरको मोटरसाइकल दुर्घटनामा झापा बिर्तामोड–५ का ५० वर्षीय मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल चालक ३१ वर्षीय तिङ्कु साहुले अचानक ब्रेक लगाउँदा पछाडि सवार चौधरी सडकमा लडेका थिए।

सोही क्रममा विपरीत दिशाबाट आउँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले टाउकोमा किच्दा चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। घाइते मोटरसाइकल चालक साहुलाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको छ।

प्रहरीले ट्रक र चालक पाँचथर हिलिहाङ गाउँपालिका–७ का ३० वर्षीय हरी नारायण सुवेदीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।