विराटनगरबाट मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा एक जना पक्राउ
विराटनगर । विराटनगरबाट मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा एक जना पक्राउ परेका छन् ।
गत फागुन ८ गते मोरङको विराटनगर महानगरपालिका वडा नं. ११ जनपथटोल स्थितमा सडकमा पार्किङ गरी राखेको प्र. १-०२-०४८- प २०६३ नम्बरको पल्सर मोटरसाईकल चोरी गरेर भाग्दै गरेका सुनसरी धरान उपमहानगरपलिका वडा नं. १५ बस्ने बर्ष ४१ को दिपेश रेग्मी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले निज रेग्मीलाई चोरीको मोटरसाईकल सहित पक्रउ गरी जिल्ला प्रहरी कार्यालय, मोरङमालाई आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


