सिंहदरबार जलाउने छुट कसैलाई दिइँदैन -ओली
दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन गरिसकेकाले अब देशका कुनै पनि सर्वोच्च संरचनामा क्षति पुग्न नदिने दाबी गरेका छन्।
सोमबार झापा क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अब कहीँ कतै आगजनी र तोडफोड हुन नपाउने बताएका हुन्।
जेनजी आन्दोलनका क्रममा देशका महत्त्वपूर्ण संरचनाहरू जलेको स्मरण गर्दै ओलीले त्यतिबेला युथ फोर्स गठन नभएका कारण त्यस्तो अवस्था आएको बताए।
‘देश जल्यो, जल्दो रहेछ। एउटा मात्रै कारण हो हामीले नेशनल युथ फोर्स बनाएका थिएनौं,’ ओलीले भने, ‘अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौं।’


