इलाममा चट्याङले लागेर तीन जना घाइते
इलाम । इलाम नगरपालिका ३, पुवामझुवामा वर्षासहित परेको चट्याङ लागेर ३ जना घाइते भएका छन् ।
उनीहरूको उपचार इलाम जिल्ला अस्पतालमा भइरहेको छ-
घाइतेको विवरण:
१. जिल्ला इलाम इलाम न.पा. ३ पुवामझुवा बस्ने वर्ष अं. ३० का पुष्पलाल विष्ट,थप उपचारका लागि बिर्तामोड रिफर
२. ऐ.ऐ. बस्ने वर्ष अं. ४० का तारा खत्री,
३. ऐ.ऐ. बस्ने वर्ष अं. ८२ का तिलक कुमार खत्री ।


