इलाममा वर्षासँगै परेको चट्याङका कारण चार जना घाइते

इलाम । इलाममा वर्षासँगै परेको चट्याङका कारण विभिन्न स्थानमा चार जना घाइते भएका छन् भने दुईवटा बाख्रा मरेका छन्। इलाम नगरपालिका वडा नम्बर ३, पुवामझुवामा चट्याङ लाग्दा तीन जना घाइते भएका हुन्।

घाइते हुनेहरूमा ३० वर्षीय पुष्पलाल विष्ट, ४० वर्षीय तारा खत्री र ८२ वर्षीय तिलक कुमार खत्री रहेका छन्। घाइतेमध्ये विष्टको अवस्था गम्भीर देखिएपछि उनलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि झापाको बिर्तामोडतर्फ सिफारिस (रिफर) गरिएको छ।

​अन्य दुई घाइते तारा खत्री र तिलक कुमार खत्रीको हाल इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैगरी, सन्दकपुर गाउँपालिका वडा नम्बर ४, माबुमा पनि चट्याङका कारण एक जना घाइते भएका छन्। ४३ वर्षीय सहरमान गुरुङलाई चट्याङ लागेको र सोही घटनामा उनले पालेका दुईवटा बाख्रा समेत मरेको जानकारी प्राप्त भएको छ।

​जिल्ला प्रहरी कार्यालय इलामका अनुसार चट्याङका कारण भएको क्षतिको थप विवरण संकलन गर्ने काम भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।