धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

धादिङ । धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलबार अपराह्न करिब ४ बजे स्थानीय सम्झना थापा मगरको घरमा सत्यनारायण पूजा भइरहेका बेला घर नजिकै अचानक चट्याङ परेको जिल्ला प्रहरी कार्यालय धादिङ ले जनाएको छ।

प्रहरीका अनुसार पूजामा सहभागी तीन जना चट्याङ लागेर घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारका लागि आरुघाट स्वास्थ्य केन्द्र पठाइएको थियो।

उपचारकै क्रममा शहीद लखन गाउँपालिका–८ निवासी कृष्ण घर्ती मगरकी १४ वर्षीया छोरी विनिसा घर्ती मगरलाई साँझ ५ः१४ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

सोही घटनामा विनिसाकी दिदी १५ वर्षीया दिक्षा घर्ती मगर र भिमसेन थापा गाउँपालिका–६ निवासी २४ वर्षीय वीरेन्द्र थापा मगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी साँझ ५ः५० बजे इलाका प्रहरी कार्यालय आरुघाट मा प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सल्यानटार बाट प्रहरी टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।