धरान एयरपोर्टको नाममा रोक्का गरिएको जग्गा फुकुवा
सुनसरी । धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्कराज साम्पाङ राईले धरान एयरपोर्टको निर्माणस्थलको नाममा करिब अढाइ बर्षदेखि रोक्का गरेको धरान उपमहानगरपालिका–१७ डाँडाघोपाका जग्गा फुकुवा गरिएको छ ।
एयरपोर्ट निर्माणस्थलको नाममा डाँडाघोपामा पाँच सय भन्दा बढी घरपरिवारको जग्गा रोक्का राखिएको थियो । धरान एयरपोर्टको नाममा यति इन्कर्पोरेटले खरिद गरेको ६ विघा जग्ग बाहेकका अन्य जग्गाहरू फुकुवा गरेको हो ।
डाँडाघोपामा एयरपोर्ट बनाउने नाममा २०८० भदौ ११ गते तत्कालीन नगर प्रमुख हर्कराज साम्पाङ राईले जग्गा बिक्री वितरण सिफारिस गर्न रोक्का गर्ने निर्णय गरेका थिए ।
उनको यो निर्णयले प्रस्तावित एयरपोर्ट क्षेत्रमा रहेका सयौं जग्गाधनीहरू मर्कामा परेर पनि केही बोल्न सकेका थिएनन् ।


