धनकुटामा निर्वाचन लक्षित पत्रकारहरूका लागि निर्वाचन आचारसंहिता सम्बन्धी तालिम सम्पन्न

धनकुटा,१३ फागुन । धनकुटामा निर्वाचन लक्षित पत्रकारहरूका लागि निर्वाचन आचारसंहिता सम्बन्धी तालिम सम्पन्न भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तालिम संचालन गरिएको हो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजना तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्यमा तालिम सञ्चालन गरिएको हो।


तालिममा निर्वाचन अवधिमा तयार गरिने समाचार सामग्रीको प्रकृति, आचारसंहिताको पालना भएनभएको अनुगमन, उम्मेदवारहरूको प्रोफाइल प्रस्तुति, घोषणापत्रको समीक्षा लगायत विषयमा विस्तृत छलफल गरिएको थियो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा सम्पन्न तालिममा धनकुटाका निर्वाचन अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले सञ्चारमाध्यम र सञ्चारकर्मीले पालना गर्नुपर्ने आचारसंहिताबारे जानकारी गराएका थिए ।

निर्वाचन आयोगले जिल्लामा गरिरहेको तयारीबारे जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद अधिकारीले जानकारी गराएका थिए ।

कार्यक्रममा पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले पत्रकारहरूले संयमता अपनाउँदै सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।