पाख्रिबासमा श्रम संस्कृति पार्टी नगर कार्य समिति कार्यालयको उद्घाटन
धनकुटा,१३ फागुन । धनकुटाको पाख्रिबासमा श्रम संस्कृति पार्टी नगर कार्य समिति कार्यालयको उद्घाटन गरिएको छ ।
नपाको वडा नं ४ स्थित शनिबारे हटिया क्षेत्रमा पार्टी कार्यालय स्थापना गरि आज उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि पार्टीका तर्फबाट धनकुटाका उम्मेदवार शान बहादुर राई,विशेष अतिथि समानुपातिक उम्मेदवार मुनादेवी लिम्बु र केन्द्रिय सदस्य जितेन्द्र मांग्पाहांग राई लगायतको उपस्थिति रहेको थियो ।

