एमाले अध्यक्ष ओलीलाई सिङ्गो गाउँनै उपहार

झापा । झापाको गौरीगञ्जका मतदाताले एउटा गाउँनै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उपहार दिएको जनाएका छन् ।

बुधबार मतदातासँगको भेटका लागि गौरीगञ्ज ४ को बारसुदी टोल पुग्नु भएका पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीको हातबाट टिका लगाई एमालेमा प्रवेश गर्दै उनीहरुले अब यो गाउँनै एमाले र ओलीलाई जिम्मा लगाएको बताएका हुन् । यस गाउमा रहेका ४५० मतदाता मध्ये ४ सय जना एमाले प्रवेस गरेका हुन । बाकी ५० यश अघिनै एमाले रहेका थिए ।

एमालेमा प्रवेश गरे पछि स्थानीय अगुवा गयानन्द यादवले यहाँका कोहि पनि मतदाताले अब सुर्य बाहेक अन्यत्र मतदान नगर्ने र सवै एमालेको बिजयको पक्षमा लाग्ने भन्दै विश्वास दिलाउनु भयो । उहाले भन्नुभयो, ‘अब यो गाउँनै तपाईलाई उपहार दिएका छौं, यो ठाउँमा के के विकास गर्ने, कस्तो बनाउने, हामीलाई के के सुविधा दिने अब सवै तपाईंको जिम्मा भयो ।’

ठुला सहर दमक तथा विराटनगर भन्दा टाढा रहेको यस क्षेत्रमा निर्माण भएको पक्कि हुलाकी राजमार्ग, पाडाजुङ्गी–गौरीगञ्ज सडकको विस्तार र कालोपत्रे, अन्य भित्री सडकहरुको पनि स्तरीकरण, विद्युत सेवाको उपलव्धता लगायतका कारण धेरै सुविधा प्राप्त भएको स्थानीय मन्दुदेवी यादवको भनाई छ । कृषि उपजलाई बजार सम्म लैजान, स्वास्थ्य उपचारका लागि अस्पताल जान, बिहान सहरमा गएर रोजगारी गरि साँझ घरैमा आई पुग्न अचेल सजिलो भएको स्थानीयले बताए ।

आगामी प्रतिनिधी सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहनु भएका एमाले अध्यक्ष ओली केहि दिन यता आफ्‌नै गृहक्षेत्रमा व्यस्त रहनु भएको छ । ओली २०४८ सालको निर्वाचन देखिनै यहि निर्वाचन क्षेत्रबाट बिजयी हुँदै आउनु भएको छ ।

झापा क्षेत्र नम्बर ५ मा कमल गाउँपालिकाका सवै ७ वटा वडा, गौरादह नगरपालिकाको ८ वटा वडा, गौरीगञ्ज गाउँपालिकाको ४ वटा वडा र दमक नगरपालिकाका सवै १० वटै वडा पर्दछन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओली छैटौंपटक यस क्षेत्रबाट निर्वाचित हुँदा ५२ हजार ३ सय १९ मत प्राप्त गर्नु भएको थियो ।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रमा १ लाख ५४ हजार २ सय ८९ मतदाता रहेका थिए । यस पटक सो संख्या बढेर १ लाख ६३ हजार ३ सय ७९ पुगेको छ । अघिल्लो पटकको निर्वाचनभन्दा यसपटक ९ हजार ९० जना नयाँ मतदाता थपिएका हुन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।