मोरङको बेलबारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ । मोरङको बेलबारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–२ मा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३५ प ९७५९ नम्बरको मोटरसाइकलले उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेका पैदलयात्री बेलबारी–२ लालभित्तीका अन्दाजी ७९ वर्षीय जसबहादुर राईलाई बिहीबार दिउँसो १ः३० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरियो ।

उपचारकै क्रममा राति १० बजेतिर राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल र चालक मोरङको उर्लाबारी नगरपालिका–५ का २१ वर्षीय अभिषेक निरौलालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको पत्ता लागेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।