मोरङको सुनवर्षीमा सिंगो मुस्लिम बस्तीले परित्याग गर्यो कांग्रेस
मोरङ । मोरङको सुनवर्षी नगरपालिका–८ हरिचन्द्रगढीस्थित रहमान टोलको सिंगो मुस्लिम बस्तीले नेपाली कांग्रेस परित्याग गरेको छ ।
कांग्रेस छाडेकाहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । बिहीबार साँझ नेपाल मुस्लिम इत्तेहाद संगठनले आयोजना गरेको निर्वाचन लक्षित भेलाका क्रममा उनीहरु वषौंदेखिको कांग्रेसको आबद्धता त्यागेर एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई मोरङको क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दिलिप बगडियाले एमालेमा स्वागत गरे । यस क्षेत्रका पुराना कांग्रेस कार्यकर्ता उल्ला उदिन, मोहमद लोकमान, जबारुन मिया लगायतको नेतृत्वमा सिंगो गाउँ एमाले प्रवेश गरेको पार्टीले जनाएको छ ।


