धनकुटामा घरेलु मदिरा उत्पादन गर्न, सवै प्रकारका मादक पदार्थ विक्री वितरण गर्न तथा सेवनमा प्रतिबन्ध
धनकुटा,१५ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले धनकुटा जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गरेको सूचना अनुसार फागुन १४ गते बिहिवारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म धनकुटा जिल्लाभित्र घरेलु मदिरा उत्पादन गर्न, सवै प्रकारका मादक पदार्थ विक्री वितरण गर्न तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।
यो सूचना विपरीतका कृयाकलापहरु कही कतै भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारीका लागि जिप्रका धनकुटाले अनुरोध गरेको छ ।
सार्वजनिक स्थानमा मदिरा सेवनका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।



