मर्यादित रुपमा होली पर्व मनाउन जिल्ला प्रशासन कार्यालय धनकुटाको आग्रह
धनकुटा,१५ फागुन । मर्यादित रुपमा होली पर्व मनाउन जिल्ला प्रशासन कार्यालय धनकुटाले अनुरोध गरेको छ ।
चाडपर्व मनाउने नाममा कसैको इच्छा विपरित रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रङ्ग लगाउने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, जिस्काउने, सार्वजनिक स्थानहरुमा हो-हल्ला गर्ने, चर्को आवाजमा बाजा(डिजे) बजाउने आदि जस्ता अवाञ्छित क्रियाकलापहरु नगर्न जिप्रका धनकुटाले सुचना जारी गर्दै अनुरोध गरेको छ ।
त्यसैगरि कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न/नगराउन हुन पनि अनुरोध गरेको छ ।
आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा होली (फागु) पर्व “परेको हुँदा निर्वाचन प्रचारप्रसारका नाममा हुनसक्ने अवान्छित क्रियाकलापहरु र निर्वाचन आचारसंहिता पूर्ण परिपालनालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्वन गरी होली पर्व मनाउन आग्रह गरिएको छ ।
प्रचलित कानून विपरितका अवाञ्छित क्रियाकलापहरु गरे / गराइएको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत सुचनामा उल्लेख छ ।


