इटहरीमा टिपरको ठक्करबाट २८ वर्षीय चौधरीको मृत्यु
इटहरी । इटहरी उपमहानगरपालिका–१० डुमोटस्थित भित्री सडकखण्डमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार हिजाे (शुक्रबार) बिहान ११:३० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०२–००१ क ४५०७ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०२–०४४ प ११३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक इटहरी–७ बस्ने २८ वर्षीय अजयकुमार चौधरी गम्भीर घाइते भएका थिए।
टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि विराट मेडिकल कलेज, बूढीगंगा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।


