धनकुटामा फागुन २० गते रातिदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारी साधनहरु चलाउन रोक

धनकुटा,१६ फागुन । धनकुटामा फागुन २० गते रातिदेखि मतदान सम्पन्न नहुंदा सम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।

यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन हुन गइरहेकोले उक्त दिन अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन ) हरु र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरु फागुन २० गते राति १२:०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालन नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा जारी गरिएको सुचनामा उल्लेख छ ।

साथै यो सूचनाको वर्खिलाप हुने गरी सवारी साधन सञ्चालन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।