ओखलढुंगा सदरमुकाम नजिकै टिफर दुर्घटना
ओखलढुंगा । ओखलढुंगा सदरमुकाम नजिकै टिफर दुर्घटना भएको छ ।
सोलु जाने सडकमा रमाइलोडाँडाभन्दा केही माथि दुर्घटना भएको हो ।
टिफर सडकबाट ३ सय मिटरजति तल झरेको छ । भीरमा एउटा शव अड्किएको भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप जानकारी आउन बाँकी छ ।

