मोरंगको लेटाङमा एक पुरुष मृत अवस्थामा फेला
मोरंग । मोरंगको लेटाङ नगरपालिका–२ निवासी मदन ठाडा मगरका ४९ वर्षीय छोरा हरि ठाडा मगर लाफा खेलमैदान नजिक रहेको फोहोर फाल्ने खाल्डोमा मृत अवस्थामा फेला परेका छन्।
स्थानीयवासीले आज बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय लेटाङको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

