मोरङको सुन्दरहरैँचामा फेला परेको शंकास्पद वस्तु रंगको बट्टा भएको पुष्टि

मोरङ । मोरङको सुन्दरहरैँचा खण्डमा बुधबार अपरान्ह फेला परेको शंकास्पद वस्तु रंगको बट्टा भएको पुष्टि भएको छ ।

सुन्दरहरैँचा नगरपालिका–१० स्थित सडकको उत्तरतर्फ अपरान्ह करिब १२ः१५ बजेतिर कालो टेपले बेरेको र कालो तार बाहिर निकालिएको अवस्थामा सानो डल्लो देखिएपछि स्थानीयमा त्रास सिर्जना भएको थियो ।राजमार्ग क्षेत्रमा शंकास्पद वस्तु भेटिएपछि सुरक्षाकर्मीलाई खबर गरिएको थियो ।

सूचनापछि खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु सुरक्षित रूपमा जाँच गर्दा बम नभई रंगको बट्टालाई कालो टेपले बाँधेर सडकमा फालिएको पाइएको प्रहरीले जनाएको छ ।

वस्तु बम नभएको यकिन भइसकेपछि सुरक्षाकर्मीको टोली घटनास्थलबाट फर्किएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।