भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

पोखरा, फागुन २० गते । साहित्यकार सुरज उपाध्यायको परिवारले आफ्ना पिता शङ्कर उपाध्यायको निधन भएपछि सङ्कलित भेटीको रकमबाट बालगृहमा अक्षयकोष स्थापना गरेको छ ।

बुधवार स्याङ्जाको फेदीखोला गाउँपालिका–२, आरुखर्क, चनौटेमा १३ दिनको शुद्धाशुद्धिकै दिन पिताप्रति श्रद्धास्वरूप प्राप्त रकमबाट १ लाख १०१ रुपियाँको अक्षयकोषका लागि रकम फेदीखोला–१ मा सञ्चालित अमोर सेवा नेपाल नामक बालगृहका लागि प्रदान गरिएको हो । साहित्यकार उपाध्यायसहित आमा रमादेवी सुवेदी, भाइहरू रेशम र सन्तोष उपाध्याय तथा बहिनी सङ्गीताले संयुक्त रूपमा सो बालगृहकी प्रबन्धक कमला पराजुलीलाई रकम हस्तान्तरण गरे ।

बुबाको सम्मानस्वरूप प्राप्त रकम पुण्य कर्ममै प्रयोग गर्ने हेतुले बालगृहका बालबालिकालाई सहयोग हुने गरी रकम हस्तान्तरण गरिएको साहित्यकार उपाध्यायले बताए । उनले बुबाकै स्मृतिमा गाउँको किरियापुत्रीका लागि सहयोग पुग्ने गरी सार्वजनिक धारा निर्माण गर्ने पनि सो अवसरमा जानकारी दिए ।

२०६८ सालदेखि सञ्चालित बालगृहमा हाल ४६ जना बालबालिका आश्रित रहेका बालगृहकी संस्थापक तथा प्रबन्धक कमला पराजुलीले जानकारी दिइन् । ‘चिल उड्यो आकाशमा’, ‘साइकल’, ‘बाबा कतारमा आमा हतारमा’ लगायत कृतिका स्रष्टा उपाध्यायका पिता शङ्करको गत फागुन ८ गते ७५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।

निवृत्त शिक्षक स्वर्गीय उपाध्यायले करिब ४० वर्ष अध्यापन गरेका थिए । हस्तान्तरण कार्यक्रमको सहजीकरण पत्रकार फडिन्द्र अकिञ्चनले गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।