युवाकवि नवोदित सहित चारजना कवि ‘व्यथित काव्य सम्मान’बाट विभूषित हुँदै

काठमाडौं । साहित्यिक पत्रकार संघले यस वर्षको ‘व्यथित काव्य सम्मान–२०८२’ तथा ‘व्यथित काव्य डायस्पोरा सम्मान–२०८२’ प्राप्त गर्ने स्रष्टाहरूको घोषणा गरेको छ ।

संघले जारी गरेको विज्ञप्तिअनुसार ‘व्यथित काव्य सम्मान–२०८२’बाट कवि विमला तुम्खेवा र कवि एवं पत्रकार मीनकुमार नवोदितलाई सम्मानित गरिने भएको छ । त्यस्तै ‘व्यथित काव्य डायस्पोरा सम्मान–२०८२’बाट कवि लालगोपाल सुवेदी र अमेरिका निवासी कवि दीपा राई पुन सम्मानित हुने भएका छन् ।

वरिष्ठ कवि तथा समालोचक प्रमोद प्रधानको संयोजकत्वमा गठन भएको सिफारिस समितिको सिफारिसका आधारमा संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको संघले जनाएको छ । समितिमा अग्रज साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य थिए ।

कवि विमला तुम्खेवाका ‘विमला तुम्खेवाका कविताहरू’, ‘नदी छाल र तरङ्गहरू’, ‘संस्मरण ः एउटा बूढो रुखको’ र ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ लगायत कृतिहरू प्रकाशित छन् । उनले नेपाल–बेलायत प्रतिभा राष्ट्रिय पुरस्कार, अमर नेम्वाङ स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार, गुञ्जन राष्ट्रिय प्रतिभा पुरस्कार, विश्व प्रतिभा युवा पुरस्कार र नेपाल सरकारद्वारा प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कारलगायत विभिन्न सम्मान प्राप्त गरिसकेकी छन् ।

त्यस्तै कवि मीनकुमार नवोदितका ‘फूलबारीभित्रका भमराहरू’, ‘झरीले रुझेको गाउँ’ र ‘समयको बयान’ लगायत आधा दर्जन कृतिहरू प्रकाशित छन् । उनले युवा वर्ष मोती पुरस्कार–२०७७, भानु पदक, डा. नरेन्द्र चापागाईं स्मृति युवा साहित्य पुरस्कार–२०७१, चितवन साहित्य परिषद्को साहित्य पुरस्कार–२०७९, युवा साहित्य पुरस्कार–२०७४, नवरंग साहित्य प्रतिष्ठान झापाको साहित्य सम्मान, उत्कृष्ट युवा साहित्य सम्मान–२०७६, दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्य सम्मान (संखुवासभा)लगायतका दुई दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन् । विराटनगरमा बसेर नवोदित विगत दुई दशकभन्दा लामो समयदेखि पत्रकारितासँगै साहित्य लेखनमा सक्रिय छन् ।

डायस्पोरा सम्मानका लागि चयन भएका कवि लालगोपाल सुवेदीका ‘फूलको देशमा’, ‘छायालाई माया नगर्नुहोस्’, ‘अग्नि आतङ्क’, ‘बिक्रीमा पृथ्वी’, ‘पानी’, ‘योगमाया र इन्द्रेनी’ र ‘सबाल्टर्न पात’ लगायत दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्। उनले युवा वर्ष मोती पुरस्कार र राष्ट्रिय प्रतिभा पुरस्कारसहित विभिन्न साहित्यिक सम्मान प्राप्त गरेका छन् ।

अमेरिकामा बसोबास गर्दै आएकी कवि दीपा राई पुनका ‘तिम्रो सपनाको म’, ‘स्पन्दनका रागहरू’, ‘छुटेको बागदाता’, ‘दियोको अन्तिम लप्का’, ‘शरदका पहेँला पातहरू’ तथा ‘प्रतिरूप’ (गीति एल्बम) लगायत कृतिहरू प्रकाशित छन् । उनले प्रवासी नेपाली साहित्यिक प्रतिभा पुरस्कार, अनेसास–रबिना फाउन्डेसन सर्वोत्कृष्ट सुम्निमा पुरस्कार, ज्योति साहित्य सम्मान, अनल ज्योति सम्मान, राष्ट्रिय नारी सम्मानलगायत विभिन्न पुरस्कार प्राप्त गरिसकेकी छन् ।

वि.सं. २०३९ मा स्थापना भएको ‘व्यथित काव्य पुरस्कार’ साहित्यिक पत्रकार संघले नेपाली साहित्यमा योगदान पु¥याउने प्रतिभाशाली कविहरूलाई प्रदान गर्दै आएको छ ।

यसअघि उक्त सम्मानबाट कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाईं, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशी थापा, डा. दामोदर पुडासैनी, सन्ध्या पहाडी, शेखर ढुङ्गेल, उदय निरौला, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिला जोशी, गीता कार्की र ठाकुर बेलबासे सम्मानित भइसकेका छन् ।

यसैगरी “व्यथित काव्य डायस्पोरा सम्मान“बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) र खेमनाथ दाहाल सम्मानित भइसकेको अध्यक्ष लेकालीले जानकारी दिए ।

संघका अध्यक्ष लेकालीका अनुसार घोषित पुरस्कार आगामी चैत १९ गते काठमाडौंमा विशेष समारोह आयोजना गरेर समर्पण गरिनेछ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।